दुहबी हत्या अपडेट : हुसेनको हत्या पश्चात सुनसरीको सीमामा प्रहरीको कडाई

दुहबी हत्या अपडेट : हुसेनको हत्या पश्चात सुनसरीको सीमामा प्रहरीको कडाई

इनरुवा मङ्सिर ५ । सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ९ छाताबेलीमा अज्ञात समूहले चलाएको गोली लागि स्थानीय फिदा हुसेनको मृत्यु भएको छ ।

बिहान मर्निङ वाकको क्रममा रहेका जय बाबा इटा उद्योगका सुपरभाइजर ५० वर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । उद्योग अघिको नहरको डिलमा हिंड्दै गरेका हुसेनमाथि मोटरसाइकलमा रहेका दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेको बताइएको छ ।

गम्भिर अवस्थाका हुसेनको उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । पारिवारीक सदस्यका अनुसार हुसेनको छातीमा दुई गोली लागेको छ । घटनास्थलमा भने गोलीका ३ वटा खोका फेला परेको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको बताएको सुनसरी प्रहरीले घटना मुचुल्काको क्रममा रहेको र अनुसन्धान जारी रहेकाले पूर्ण विवरण आइनसकेको जनाएको छ । मृतक हसुेनको शव यतिवेला छाताबेली स्थित घरमा ल्याइएको छ । मुस्लिम समूदायले घटना प्रति खेद जनाउँदै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन् ।

यसैबिच आक्रोसित स्थानीयबासीहरुले सोनापुर, दुहवी लगायतका क्षेत्रमा प्रर्दशन थालेका छन् । मुस्लिम समुदायमाथि बारम्बार आक्रमण भैरहेको भन्दै भरपर्दो शान्तिसुरक्षाको ग्यारेण्टी हुन नसकेको उनिहरुको आक्रोस रहेको छ ।
एक महिनाअघि सुनसरीको भुटाहामा खुर्शिद आलमको समेत गोली हानी हत्या भएको थियो ।

छाताबेलीको घटना पश्चात सुनसरीका सीमानाकामा कडाई गरिएको छ । चोक तथा नाकाहरुमा समेत बाक्लो सुरक्षा तैनाथी बढाइएको छ । (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्