विराटनगरमा भब्य निस्कियो मोहम्मद जयन्ती ¥याली ( फोटो फिचर सहित )

विराटनगरमा भब्य निस्कियो मोहम्मद जयन्ती ¥याली ( फोटो फिचर सहित )

विराटनगर, ५ मंसिर ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ ।
जन्म जयन्तीको अवसरमा आज विराटनगरमा पनि मुस्लिम समुदायले धार्मिक झांकीसहित वृहत ¥याली निकाली नगरपरिक्रममा गरेका हुन् । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसलाई मुस्लिम समुदायले ईद मिलादुन्नबी पर्वकोरुपमा मनाउने गरेका छन । पर्वको अवसरमा निकालिने धार्मिक ¥यालीलाई जुलुसे मोहम्मदी भनिन्छ । सो अवसरमा विराटनगर महानगरपालिकाका विभिन्न वडाहरुमा रहेका मस्जिद र मदरसाहरुबाट ¥याली निकालिएको थियो । विराटनगर–१७ स्थित मदरसा असरफिया इजहारुल उलुमले समेत जुलुसे मोहम्मदीको आयोजना गरेको थियो । मदरसा परिसरबाट निकालिएको ¥यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै मदरसा परिसरमै पुगेर समापन गरेको थियो ।
इस्लाम धर्म अनुसार उहांपछि कायामत अर्थात संसारको अन्तिम दिनसम्म कुनैपनि दुत नआउने विश्वास गरिन्छ । मोहम्मद सल्लाहुले मानिसलाई एक ईश्वरवादको शिक्षा दिएको विश्वास गरिन्छ ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्