ओबी फेसवुक वाच: विराटनगरका मेयर पराजुलीले कालोचस्मा लगाएर क्रिकेटको ब्यटिङ गरेपछी…

ओबी फेसवुक वाच: विराटनगरका मेयर पराजुलीले कालोचस्मा लगाएर क्रिकेटको ब्यटिङ गरेपछी…

विराटनगर, ५ मंसिर ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दृष्टीबिहिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गरे । विराटनगरमा रहेको शहिद रंगशालामा मेयर पराजुलीले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । शहिद रंगशालामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुँदैछ । फरक क्षमता भएकाहरुले पनि आफ्नो प्रतिभा देखाउन सक्ने भन्दै मेयरले यस्ता प्रतिभाको उजागरका लागि आगामी बजेटमा नेत्रहिनहरुका लागि खेलमा प्रोत्साहन गर्न बजेट छुट्याउने आश्वासन दिए । प्रतियोगिताको उद्घाटनको फोटो सार्बजनिक गर्दै मेयर पराजुलीका प्रेस संयोजक कौशल निरौलाले मेयर पराजुलीले कालो चस्मा लगाएर ब्याटिङ गरेको र बलिङ गर्दै गरेको फोटो आफ्नो फेसबुक पेजमा सार्र्बजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्