प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दिया विजयी

प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दिया विजयी

विराटनगर, ६ मङ्सिर। विराटनगरमा बुधबारदेखि सुरु प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दियाको टोली विजयी भएको छ । त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गर्दा बर्दियाले झापाविरुद्ध ५ विकेटको जित निकालेको हो । सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको झापाले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । झापाका अभिषेक बिकले २८ र दिपेश गुरागाइँले १६ रन बनाएका थिए । झापाका ब्याट्सम्यानलाई सस्तैमा समेट्न बर्दियाका लिल चौधरीले ५ विकेट लिएका थिए । १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बर्दिया १२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । बर्दियाको जितमा अर्बिन श्रेत्रीले ३८ र लिल चौधरीले २० रन बनाए । झापाका प्रतिक दर्जी र रमेश शाहले २–२ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गरेको थियो । म्याग्दीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।

आर्मीका लागि भरत थापाले ७० र बद्रि चौलागाईँले ५४ रन बनाएका थिए । १ सय ८१ रन पछउँदै ब्याटिङ थालेको म्याग्दी १८ दशमलब ४ ओभरमा १ सय ३५ रनमा अलआउट भयो । म्याग्दीका लागि सुनिल रानाले ५७ र शेर जंग गुरुङले १६ रन बनाएका थिए । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्