निर्माणाधीन कोशी कोरिडोरको २ सय २० केभी प्रसारण लाइन स्थानान्तरण गर्न स्थानीयकाे माग

निर्माणाधीन कोशी कोरिडोरको २ सय २० केभी प्रसारण लाइन स्थानान्तरण गर्न स्थानीयकाे माग

धरान,६ मङ्सिर ।  पूर्वी पडाडी क्षेत्रको जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माणाधीन कोशी कोरिडोरको २ सय २० केभी प्रसारण लाइन स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । प्रसारण लाइनले धरानको प्रस्तावित विमानस्थलसँगै विष्णुपादुका क्षेत्रका बस्ती, विष्णुपादुकामा केन्द्रित पूर्वाधार र सम्भावनाहरूलाई असर पर्ने भन्दै धरान–२० स्थित साविक विष्णुपादुकाका स्थानीयले निर्माण कार्यको अवरोध गर्दै आएका छन् । प्रसारण लाइन आयोजनाले माछामारामा निर्माण भइरहेको हाइटेन्सनको टावरमा गत आइतवारदेखि नै निर्माणकार्य रोकेको छ ।

प्रसारण लाइनले कृषि तथा पर्यटकीय क्षेत्रलाई असर पर्ने भएकाले स्थानान्तरण गर्न सो क्षेत्रका स्थानीयवासीले बुधवार पत्रकार सम्मेलन गरी माग गरेका हुन् । सो क्षेत्रबाट प्रसारणलाइन विस्तार गर्दा वडाको पर्यटकीय क्षेत्र, कृषि, व्यवसाय, धार्मिक, आर्थिकलगायतका विकासमा बाधा पुग्ने वडा नम्बर २० का वडा सदस्य कर्ण तामाङले बताए । धरान उपमहानगरपालिकाले पनि हाइटेन्सनले धरानको प्रस्तावित विमानस्थल, व्यावसायिक रूपमा शुरू भइसकेको प्याराग्लाइडिङसँगै अन्य पर्यटनका गतिविधिलाई असर पुग्ने भन्दै प्रसारण लाइन सार्नुपर्ने धारणा अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्