धर्नामा बसेका निर्मला पन्तका बुबाको स्वास्थ्य अवस्था नाजुक,सरकारले दोषी खोज्न सकेन

धर्नामा बसेका निर्मला पन्तका बुबाको स्वास्थ्य अवस्था नाजुक,सरकारले दोषी खोज्न सकेन

काठमाडौं मङ्सिर ६ ।  कञ्चनपुरकी किशोरी निर्मलाको पन्तको बलात्कार पछि हत्याको विरुद्धमा दोषीलाई कारवाही र न्याय प्राप्तिको माग गर्दै परिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको बिहीबार १२ दिन भएको छ ।  चिसोका कारण निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था नाजुक भएको छ भने आमा दुर्गादेवीपनि बिरामी रहेको निर्मलाकी कान्छी आमा लक्ष्मीले विहीबार बिहान जानकारी दिइन् ।

यज्ञराजले पनि यति लामो समयसम्म पनि न्याय नपाएको भन्दै आफूहरु न्याय नपाउन्जेल धर्नामा बस्ने जनाएका छन् । उनी त्यसो भनिरहँदा एकदमै विक्षिप्त भएर बोल्न नसकेपछि कान्छी आमाले फोनमा कुरा गरेकी थिइन् । उनले बाबु यज्ञराज कतैबाट पनि कुनै सुनुवाई नभएपछि  साह्रै चिन्तित भएको कान्छी आमाले जनाइन् ।

यसैबीच, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बुधबार धर्नास्थलमा गएर गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तको अपराधी पत्ता नलाग्ने बताएका थिए ।  उनले गृहमन्त्री अपराधीलाई जोगाउन लागेको समेत बताएका थिए ।साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मलाको भोलिपल्ट स्थानीय उखुबारीमा शव भेटिएको थियो । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्