इलाम, पाँचथर र ताप्लेजुङमा चिसो बढ्यो , चौँरीगोठ बेँसीतिर

इलाम, पाँचथर र ताप्लेजुङमा चिसो बढ्यो , चौँरीगोठ बेँसीतिर

मङ्गलबारे, मङ्सिर ६ गते । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चाँैरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो ।

अत्याधिक चिसो हुन थालेपछि चाँैरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन् । तिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरू भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ बेँसीतर्फ झारिएको माइमझुवाका पञ्चबहादुर राईले बताउनुभयो । इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करीब ५० चौँरीगोठ चिसोबाट न्यानोतर्फ सरेका छन् ।

असोज महीनादेखि गोठ उँधो झर्ने क्रम शुरू हुन्छ । चिसो नहअटेसम्म ती गोठ बेँसीमै रहन्छन् । वैशाख महीनादेखि गोठ उभो लाने क्रम शुरू हुने माइमझुवाका चौँरीपालक लालबहादुर राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्