पुर्वको पर्यटकीय क्षेत्र इलाममा पुस ५ देखि पर्यटन महोत्सव हुदै

पुर्वको पर्यटकीय क्षेत्र इलाममा पुस ५ देखि पर्यटन महोत्सव हुदै

इलाम मङ्सिर ६ , इलाम सदरमुकाममा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार मञ्चको आयोजनामा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आयोजना गरिने भएको हो ।

यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताउनुभयो । इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा इलाम, पाँचथर, ताप्लेजुङ र झापा जिल्लाका स्थानीय उत्पादन, कलासंस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, जातीय खानाको परिकार, प्रदेश नं १ का होटल व्यवसायीको भेलालगायत अन्य कार्यक्रम राखिने जनाइएको छ । इलामलगायत साविक मेचीका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्