हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरी तनाबग्रस्त

<span class='c1'>हुसेनको हत्या गरिएको विरोधमा</span> <span class='c2'>आज सुनसरी तनाबग्रस्त</span>

इनरुवा, रासस । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ ।

फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । 

सुनसरी दुहबी, सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहासहितको स्थानमा आज बिहानैदेखि स्थानीय राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका छन् । हत्या गरिएका हुसेनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारा पक्राउ गरी कडा कारवाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायतका पाँच सूत्रीय माग राख्दै सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको स्थानीयवासी हजरत हुसेनले बताए ।

सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहामा गरिएको बन्द अहिले खुलेको छ भने कोशी राजमार्गअन्तर्गत विराटनगर र धरान सडकखण्डमा प्रदर्शन जारी रहेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले फिदाको शवलाई दुहबी बजारमा राखेर प्रदर्शन गरिरहेको स्थानीय नइम अन्सारीले बताए । 

दुहबीमा विरोध प्रदर्शनका कारण यातायातका साधन अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न समस्या भएको छ । उक्त सडकखण्डमा अति आवश्यक सवारी साधनबाहेक कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेन मोर्निङवाकमा निस्केका बेला अज्ञात व्यक्तिको समूहले गोली हानेर उनको हत्या गरिएको थियो । हत्याको विरोधमा बुधबार स्थानीयवासीले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आफ्ना ५ सुत्रीय मांग राख्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्