भोजपुर र धनकुटामा ७ हजार बढी गाँजा फँडानी

<span class='c1'>भोजपुर र धनकुटामा ७</span> <span class='c2'>हजार बढी गाँजा फँडानी</span>

बिराटनगर, मंसिर ०६ गते ।

१ नम्बर प्रदेश अन्तर्गत भोजपुर र धनकुटा जिल्लामा अन्दाजी ७ हजार ९ सय भन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ ।

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरी टोलीले भोजपुर आमचोक गाउँपालिका-७ पटुके बस्ने चुडामणी रिजाल, बिशाल श्रेष्ठ, सिलाङे कान्छा श्रेष्ठ, कान्छा राई र मान बहादुर राईको जग्गामा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी १ हजार १ सय ७० बोट अबैध लागूऔषध गाँजाको बोट फडानी गरी नष्ट गरिएको हो ।

त्यसैगरी भोजपुर हतुवागढी गाउँपालिका ४, ५, ६ र ९ नम्बर बस्ने जस बहादुर राई, मान बहादुर राई, नेपालमान राई, फुल कुमारी राईको जग्गामा अवैध रुपमा खेति गरिएको र माङटुङवा खकुवा खोलाको जंगलमा लगाईएको अन्दाजी १३ सय बोट गाँजा इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरवाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी चानुवाबाट खटिएको प्रहरी टोलीले धनकुटा शहिदभूमि गाउँपालिका-७ गैरीगाँउ च्यामच्याम गाँउको भीर पाखामा, बिच जंगल, बारी लगायत महालक्ष्मी नगरपालिका-४ नाम्फुको भीर पाखामा उम्रिएका अन्दाजी ५ हजार ५ सय भन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्