विराटनगर, ६ मङ्सिर । पतिसँगको विवादका कारण खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाएकी छन्। बुधबार भएको आगलागीबाट करिब १३ लाख मूल्य बराबरको क्षति भएको छ। रुपाकोट–मझुवागढी नगरपालिका १०, माखामका जीतबहादुर तामाङ र उनकी पत्नी ३९ वर्षीया फूलमायाका बीचमा घरायसी विवाद भएको थियो। सोही झाेंकमा फूलमायाले घरमा आगो लगाएको प्रहरीले जनाएको छ।
पतिसँग विवाद भएपछि फूलमायाले मादक पदार्थ सेवन गरी कोही नभएको मौका पारी घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। आगलागीबाट ढुङ्गा माटोको ३ तले घर र घर भित्रका सबै सामान जलेर नष्ट भएको छ। स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियाे।