तेह्रथुम मङ्सिर ६ ,
तेह्रथुमको म्याङलुङ नगरपालिकामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । मंगलबार राती १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा म्याङलुङ नगरपालिका–३ बस्ने सन्तोष लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ स्थायी घर भई म्याङलुङ बस्दै आएका सन्तोष लिम्बुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।