बजेट कार्यान्वयनकाे आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न मुख्यमन्त्री राईको निर्देशन

<span class='c1'>बजेट कार्यान्वयनकाे आवश्यक पर्ने सबै संयन्त्र १५</span> <span class='c2'>दिनभित्र तयार गर्न मुख्यमन्त्री राईको निर्देशन</span>

विराटनगर, ६ मंसिर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । अाज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनतामा निराशा छाउँदै गएको, सरकारले परिणाम देखाउने गरी काम गर्न सकेन जस्ता कुराहरु बाहिर आउन थालेका छन्, जनताको आशालाई मर्न दिनु हुँदैन, मुख्यमन्त्री राईले भने, जनतामा उत्साह र विश्वास हामीले जगाउन सक्नुपर्छ ।’ जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न मुख्यमन्त्री राईले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन ।
मुख्यमन्त्री राईले प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न समेत उनले भनेका छन् । प्रदेश मातहत संरचनाहरु आएका छन्, बनेका छन्, हामी काम गर्ने विन्दुमा प्रवेश गरेको राईले बताए । यसका लागि १५ दिनभित्र आवश्यक पर्ने सबै संयन्त्रहरु तयार गरेर अगाडि बढ्न उनले सचिवहरुलाई भनेका हुन् । ‘यो आर्थिक वर्षको चार महिना सकिएको छ, मुख्यमन्त्री राईले भने– ‘अब बाँकी रहेको समय अलिकति पनि खेर नफालौं, कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्छ ।’
प्रदेश १ सरकारको नीति कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दै उनले यसको कार्यान्वयमा विशेष ध्यान दिन सबैलाई निर्देशन दिए । बजेट कार्यान्वयनमा अनेक बाहानबाजी देखाएर कसैले पनि छुट नपाउँने भन्दै मुख्यमन्त्री राईले कर्मचारी भएनन्, समय पुगेन भनेर कसैले बहाना गर्न नकिल्ने बताए । काम गर्न के ले समस्या भएको छ, सचिवले विभागिय मन्त्रीलाई भन्नुपर्याे मन्त्रीले मलाई भन्नुपर्याे, मन्त्रिपरिषदबाट भए पनि काम गर्ने वातावरण बन्छ ।
कसैले पनि हिनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिए । प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्