फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा चर्किएको आन्दोलन स्थगित

<span class='c1'>फिदा हुसेनको गोली हानी हत्या भएको</span> <span class='c2'>विरोधमा दुहबीमा चर्किएको आन्दोलन स्थगित</span>

सुनसरी,  ६ मंसिर । सुुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा चर्किएको आन्दोलन स्थगित भएको छ । बिहीबार पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, मुस्लिम समुदायको शान्ति–सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्ने, हत्यारालाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेलगायतका सहमति स्थानीय प्रशासनसँग भएपछि पीडित परिवारले आन्दोलन स्थगित गरेका हुन् ।

आन्दोलन स्थगित भएपछि मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।यता, स्थानीय प्रशासनले हत्यारा खोज्न सुनसरीभर प्रहरी परिचालन गरिएको र सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाएको छ ।अहिले सुनसरीको अवस्था सामान्य रहेको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए । यसअघि, स्थानीयले बिहीबार पनि धरान–विराटनगर सडकखन्डको दुहबी–सोनापुर क्षेत्र अवरुद्ध पारेर दिनभर प्रदर्शन गरेका थिए । मृतकको शव सडकमै राखेर प्रदर्शन गरिएको थियो ।बुधबार बिहान ‘मर्निङवाक’मा गएको समयमा मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका थिए ।छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगरस्थित नोबल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्