संखुवासभामा पनि मनकाे इच्छा पुरा गर्ने पाथिभरा माता

<span class='c1'>संखुवासभामा पनि मनकाे इच्छा</span> <span class='c2'>पुरा गर्ने पाथिभरा माता</span>

संखुवासभा । सदरमुकाम बाट केही टाढा भएपनि जिल्लाको चर्चित धार्मिक स्थल मध्ये पाथिभरा भगवतीको मन्दिर प्रमुख पर्यटकीय स्थल हो । पछिल्लो समय यो स्थान अध्ययन भ्रमण र पिकनिक स्थलको रुपमा पनि चिनि थालेको छ । नयाँ बर्षमा निकै ठूलो जमघट हुन्छ पाथिभरा मन्दिरमा । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । जिल्लाको पुर्वमा पर्ने धर्मदेवी नगरपालिका १ मा पाथिभराको मन्दिर चर्चित पर्यटकिय स्थल तीनजुरे जलजले मिल्केको परिसरमा अवस्थित छ । पूर्वी ताप्लेजुङ जिल्लामा पाथिभराको उत्पति भएको हो । यसलाई ठूलो पाथिभरा भन्ने गरिएको छ । तर जलजले मिल्केबाट ताप्लेजुङको पाथिभरा देखिने भएकाले मागेको कुरा पुग्ने विश्वासले यहाँ पनि पाथिभराको स्थापना गरिएको पुजारी नवराज खनालले बताए । पाथिभरा माताको मन्दिरमा धागोको डोरो मन्दिरलाई ३ फन्कोसम्म लगाउँदा चुडिएन भने, पाथिभरा भगवतीसँग गरेको विश्वास कहिल्यै पनि नटुट्ने धार्मिक जनविस्वास रहेको पाइन्छ । छिमेकी जिल्ला तेह्रथुमको सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा २,९२० मीटरको उचाइमा स्थापना गरिएको हो । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

यसरी पुग्न सकिन्छ पाथिभरा मन्दिर

सदरमुकाम खाँदबारीबाट ८७ किलोमिटर पूर्वमा टुटे दुउराली पुगिन्छ । टुटे देउराली बाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदल गएपछि पाथिभरा पुगिन्छ । खाँदबारी –चैनपुर–टुटे देउराली पुग्न सकिन्छ जुन किमाथांका– जोगवनी कोशी राजमार्ग सडक खण्डमा पर्छ । जहाँबाट २० मिनेटको गाडीको यात्राले पाथिभरा भगवती मन्दिर पुग्ने पहिलो खुड्कीलो पुगिन्छ । उक्त खुड्कीलाबाट हजार खुड्किला पार गरेपछि पाथिभरा मन्दिर पुगिन्छ । पाथिभरा दर्शनका लागि तेह्रथुम ,धनकुटा ,सुनसरी ,मोरङ,झापा जिल्ला बाट समेत बस चढेर घुम्न आउने पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।
विशेष गरी वैशाख १ गते नयाँ वर्षमा लाली गुराँस फूल्ने भएकाले पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । यस वरपर विश्वमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यस मन्दिरको परिसरबाट मौसम खुला हुँदा सप्तकोशी नदीको पानी समेत देख्न सकिन्छ भने ताप्लेजुङमा रहेको ठूलो पाथिभराको दर्शन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्