इलाम र धनकुटामा दुर्घटना, ३ को मृत्यु, ४ घाइते

<span class='c1'>इलाम र धनकुटामा दुर्घटना, ३</span> <span class='c2'>को मृत्यु, ४ घाइते</span>

बिराटनगर, ७ मंसिर । १ नम्बर प्रदेश अन्तर्गत इलाम र धनकुटा जिल्लामा  भएको सवारी दुर्घटना परि १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

इलामः- इलामको इलाम नगरपालिका-१ साखेजुङमा  ट्याक्सी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।   इलाम बजारबाट शान्तिडाँडा वाफरुङ तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको ट्याक्सी कच्ची बाटोमा अनियन्त्रित भई सडक देखी १०० मिटर खसेको थियो । दुर्घटनामा परि ट्याक्सीमा सवार इलाम नगरपालिका-१ बस्ने बर्ष ५६ को कैलाश गुरुङ र  बर्ष ४३ को सुमन खनालको घटस्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा ट्याक्सी चालक इलाम देउमाई नगरपालिका ६ बस्ने बर्ष ३० को रमेश गुरूङ, सह-चालक बर्ष २० को सुनिल गुरूङ र सोही बर्ष २६ को  तुलसी कुमार बस्नेत घाइते भएका हुन् ।

धनकुटाः- धनकुटाको धनकुटा नगरपालिका-२ सामुदायिक बन नजिक पिकअप गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । हिलेबाट भीरगाउ तर्फ जादै गरेको को. १ ज. १६५४ नम्बरको पिकअप गाडी राती ९ बजे आँफै अनियन्त्रित हुँदा सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परि पिकअप चालक धनकुटा नगरपालिका-२ भीरगाँउ बस्ने बर्ष ४२ को प्रेम बहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो भने पिकअपमा सवार बर्ष ३९ को फत्ते बहादुर तामाङ घाइते भई उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्