रियल मिक्स फ्रुटीमा भेटियो माछाको टाउको जस्तो देखिने किरा, कार्वाही हाेला त ?

<span class='c1'>रियल मिक्स फ्रुटीमा भेटियो माछाको टाउको जस्तो</span> <span class='c2'>देखिने किरा, कार्वाही हाेला त ?</span>

विराटनगर, ७ मंसिर । डाबर नेपालले उत्पादन गरेको रियल फ्रुटीमा हिलोमा पाईने हिले माछाको जस्तो टाउको भएको किरा भेटिएको छ । ईटहरी उपमहानगरपालिका २० तरहरामा रहेका पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिन खोज्दा रियल मिक्स फ्रुटमा उक्त बस्तु फेला परेको हो ।
होटलका संचालक प्रविण थापाले ग्राहकको अडरको आधारमा ठूलो साईजको रियल मिक्स फ्रुड खोलेर हेर्दा त्यस्तो वस्तु भेटिएका बताए । घटना मंसिर ५ बुधबार बेलुकी हो । होटलमा आएका ग्राहकले जुस मागेपछि लेदो सहितको किरा भेटिएपछि होटलका संचालकले आवर विराटनगरलाई जानकारी गराएका थिए ।
तरहरा मै रहेको सगरमाथा सप्र्लायसबाट खरिद गरी ल्याएको फ्रुटीमा उक्त बस्तु भेटिएपछि तत्काल सप्र्लायसलाई खबर गर्दा पनि कुनै चासो नदिएको थापाले गुनासो गरे ।
‘हामी सधै त्यही सप्र्लायसबाट सामान ल्याउँछौ, ‘यो फ्रुटी पनि त्यहीबाट खरिद गरेर ल्याएको हो मैले त्यहाको संचालकलाई खबर गरे भोली आँउछु भनेर अहिलेसम्म आँउनु भएको छैन, थापाले भने ।’ किरा सहित भेटिएको उक्त फ्रुटीको उत्पादन मिति २०१८ जुन ६ तारिख रहेको भए पनि अझै यसको मिति सकिन २ महिना बाकी रहेको थापाले बताए । पछिल्लो समय यस्तो घटनाहरु दिनहु घटिरहँदा भने सम्बन्धित निकायले खासै चासो दिएको पाईदैन । प्रत्यक्ष मानव स्वस्थ्यसँग खेलवाड गरी आम – उपभोक्ताहरुलाई यस्ता जुस कम्पनीहरुले ठगिरहेका हुन्छन् । यस्ता कुरामा हामी आफै सचेत रहनु जरुरी छ । किरा सहित भेटिएको उक्त फ्रुटी आवर विराटनगर डट नेट सँग सुरक्षित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्