सप्तरीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा पाँचजनाकाे मृत्यु

<span class='c1'>सप्तरीमा शुक्रबार बेलुका भएको</span> <span class='c2'>बस दुर्घटनामा पाँचजनाकाे मृत्यु</span>

सप्तरी,८ मङ्सिर । सप्तरीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचजना मध्ये एकको मात्रै सनाखत भएको छ ।सप्तरीको हनुमाननगर कङ्काली नगरपालिका–१० स्थित पोखरीमा बस डुब्दा जिल्लाकै डाकनेश्वरी नगरपालिका–५ की ७० वर्षे बेचनीदेवी यादवसहित चार महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा करिब ४० जना घाइते भएका छन् । उनीहरुका सगरमाथा अञ्चल अस्पतालसहितमा उपचार भइरहेको छ । सुनसरीको बराहक्षेत्रमा मेला हेरेर फर्किएका यात्रु बोकेको बस अनियन्त्रित भएर पोखरीमा पल्टिएको हो । ६८ जना यात्रु सवार को १ ख २७९९ नम्बरको बस साढे ७ बजे दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्