नीलिमा थापा मगर नेपाल आइडलबाट बाहिरिईन्

<span class='c1'>नीलिमा थापा मगर</span> <span class='c2'>नेपाल आइडलबाट बाहिरिईन्</span>

काठमाडाैँ, ८ मङ्सिर । पोखराकी नीलिमा थापा मगर नेपाल आइडलको होडबाट बाहिरिएकी छिन्।  शुक्रबार प्रसारण भएको कार्यक्रममा बटम थ्रीमा परेका पोखराका विक्रम बराल र झापाकी अस्मिता अधिकारीभन्दा कम भोट पाएपछि नीलिमाले नेपाल आइडलको मञ्च छाड्नु परेको हो।
पोखरा अडिसनमा गोल्डेन माइक पाएर सीधै गाला राउन्ड प्रवेश गरेकी नीलिमाले हरेक पटक जजहरुबाट प्रशंसा पाएकी थिइन्। बिहीबारको जजिङ राउन्डमा नीलिमाले जज इन्दिरा जोशीको 'बेहुली' गाएकी थिइन्। उनलाई सन्तोष लामाले साथ दिएका थिए।  यो इन्डिङ हैन, म यसलाई प्रुभ गरेर देखाउँछु, नीलिमाले अन्तिम पटक मञ्चबाट भनिन्।

यसअघि अर्का गोल्डेन माइक विजेता मीनराज पौडेल पनि बाहिरिसकेका छन्। पौडेललाई स्वास्थ्यले पनि साथ दिएको थिएन। नीलिमा पनि स्वास्थ्यका कारण गएको हप्ता एउटा एपिसोडमा उपस्थित हुन असमर्थ भएकी थिइन्।  विक्रम बराल यसअघि पनि बटम थ्रीमा परेर सेभ भएका हुन्। सबभन्दा बढी भोट सुमित पाठकले पाए। सुमितले हिजो 'ऊ जितेर गई या हारेर गई' गाएका थिए।

नेपाल आइडलको उपाधिका लागि अब ६ जना प्रतिस्पर्धी होडमा छन्- झापाका सुमित पाठक र अस्मिता अधिकारी, कञ्चनपुरका रवि ओड, दोलखाका पवन गिरी, पोखराका विक्रम बराल र बुटवलका अमित बराल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्