सिरहाको कमला नदीमा भूत मेला भर्न श्रद्धालुको ठूलो घुइँचो

<span class='c1'>सिरहाको कमला नदीमा भूत मेला</span> <span class='c2'>भर्न श्रद्धालुको ठूलो घुइँचो</span>

लहान मङ्सिर ८ । सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न शुक्रबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेको छ ।

सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भव्य भूत मेला लाग्ने गर्छन् । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपूर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्ने गरेका छन् ।

कमला नदीमा स्नान गरेपछि धाँमीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नका लागि गाउँघरबाट आज ठूलो सङ्ख्यामा मानिसहरु बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।

कार्तिक पूर्णिमा आज परेको भएपनि सर्वसाधारण बिहीबारदेखि नै स्नान गर्नका लागि कमला नदीको तटमा आएर बास बसेको थियो । कमला नदीमा स्नान गरिए कमलेस्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयबासी राजकुमार लामा बताउँछन् ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूल धाँमीले मन्त्र सिद्धि गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ ।

मिथिलामा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ । स्नानको समयमा मूल धाँमीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्