झापा, ८ मंसिर । झापाको शिोसताक्षी नगरपालिका-२ मा आज बिहान आफ्नै कोठामा सुतेका एक ब्यक्ती मृत फेला परेका छन । बिहानको समयमा बर्ष ३८ का कुमार राई आफ्नो कोठामा मृत अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएकाे छ । हरियो बिजुलिको तार मृतकको घाँटीमा बेरिएको अवस्थामा फेला पारेकोले हत्या भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । घटनाबारे थप अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।