अायल निगम विराटनगरकाे २५ सय डिजल कस्ले चाेर्याे ?डिपो प्रमुख सङ्काकाे घेरामा

<span class='c1'>अायल निगम विराटनगरकाे २५ सय डिजल </span> <span class='c2'>कस्ले चाेर्याे ?डिपो प्रमुख सङ्काकाे घेरामा</span>

विराटनगर, ८ मङ्सिर। भारतीय आयल कर्पोरेसनका बरौनी र सिलिगुडीस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भएको चार महिना पूरा भइसकेको छ।
ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान गरिएपछि अब तेल चोरी रोकिने निगमको विश्वास थियो। तर ताल्चा लगाउन थालेको चार महिना पूरा नहुँदै लक गरिएको ट्यांकरबाटै तेल चोरी भएको छ।आइओसीको बरौनी डिपोबाट अत्याधुनिक ताल्चा लगाएर ल्याइएको एक ट्याङ्कलरीबाट २ हजार ५ सय लिटर डिजल चोरिएको तथ्य बिहिबार पत्ता लागेको हो । विराटनगर ल्याइएको तेल वीचमै चोरी भएको पाइएको हो। ट्यांकरमा लगाइएको तालाको साँचो निगमका डिपो प्रमुख र आइओसीका अधिकारीसँग मात्रै हुन्छ। डिपो प्रमुख र चालकबीच मिलेमतो नभर्इ तेल निकाल्नै सकिदैंन्। साँचोको अर्को साँचो बन्न सक्तैन । कम्पनीले बनाएकै साँचोबाट ताल्चा खोल्नुपर्ने हुन्छ । विराटनगरमा डिपो प्रमुख छन् दिनेश यादब। उनी निगमका विवादित व्यक्ति हुन्। बिजमाण्डु डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्