झापा, ९ मङ्सिर । महालक्ष्मी विकास बैङ्कले सेवा विस्तारका क्रममा झापाको दमक नगरपालिका–७, दमकमा शाखा सञ्चालन गरेको छ । एक कार्यक्रमबीच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले उक्त शाखाको उद्घाटन गरेका हुन् । योसँगै बैङ्कको शाखा सङ्ख्या ८५ पुगेको बताइएको छ । दमक शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।