रौता पोखरीलाई प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तब्य स्थल बनाईने

रौता पोखरीलाई प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तब्य स्थल बनाईने

उदयपुर, ९ मंसिर । उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तब्य स्थल बनाउन स्थानीय तह लागि परेका छन् । रौतामाई गाउँपालिका–  ६ मा पर्ने धार्मिक स्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन रौतामाई गाउँपालिका र छिमेकी त्रियुगा नगरपालिका लागी परेका हुन् ।रौतामाई गाउँपालिकाले रौताको समग्र विकासका लागि पटक पटक छलफल गर्दै बृहत गुरुयोजना नै तयार गरिरहेको छ । रौताको धार्मिक तथा पर्यटकीय विकासमा सहयोग गर्न छिमेकी स्थानीय तहहरू त्रियुगा नगरपालिका, लिम्चुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिकाले पनि सहकार्य गर्ने गरी साझा कार्यक्रम अघि बढाउँदै आएको छ । स्थानीय तह पुर्नसंरचना हुनु अघि जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्य थियो, रौतापोखरीलाई गाउँपालिकाले प्रमुख प्राथमिक्तामा राखेर विकास र प्रबद्र्धन गर्न लागेको अध्यक्ष गजेन्द्र खड्काको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्