सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्न अायाेजित कार्यक्रममा मन्त्री पण्डित नाचेपछी

सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्न अायाेजित कार्यक्रममा मन्त्री पण्डित नाचेपछी

झापा, ९ मङ्सिर । लोप हुन लागेको सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्ने उद्देश्यले झापामा सन्थाल नृत्य प्रतियोगिता गराइएको छ। विर्तामोडस्थित देवी उच्च माविको खेल मैदानमा आयोजना गरिएको सन्थाल नृत्यमा सन्थाल जाती मात्र नाचेनन् कार्यक्रमको उद्घाटन गर्न पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि छमछम नाचे। जिल्ला भरका दशवटा सन्थाल समूहले सहभागीता जनाएको सो प्रतियोगिता हेर्न स्थानीय नागरिकको भिड पनि उस्तै उर्लिएको थियो। जो देख्दा लाग्थ्यो त्यहाँ कुनै राष्ट्रिय कलाकारको प्रस्तुतिनै चलिरहेको छ। समूहमा पसेर नाच्न थालेको मन्त्री पण्डितले सन्थाल समुदायको लागि सरकारले सांस्कृतिक भवन निर्माण गर्ने उद्घोष नै गरे। उनले मुलुकमा दुई वटा भवन निर्माण गर्नका लागि एक करोड विनियोजन गर्ने आश्वासन दिए। मन्त्री पण्डितले सन्थाल समुदायका युवाले आफ्नो जातिको सबै कुराको संरक्षण गर्दै अब सरकारी सेवामा प्रवेश गर्न योग्यता बनाउनु पर्ने समेत बताए। ‘मैले यहाँ जति पनि युवा–युवती देखेँ, सबै दुब्लो र पातलो हुनुहुन्छ, मन्त्री पण्डितले भने, ‘९० प्रतिशत परिवार कठिन श्रम मजदुरी गर्नुहुन्छ, अब उत्पादनमा पनि लाग्नुहोस्।’ सरकारले रोजगारीको वातावरण बनाइरहेको भन्दै उनले निराशा त्यागेर उत्साही भएर जातीय उत्थानमा लाग्न सुझाव दिए।

१५ वटा स्थानीय तह रहेको झापामा १० वटा तहबाट सन्थाल समूहले प्रतियोगितामा सहभागिता जनाएको आयोजकको भनाइ छ। जिल्लाका सबै स्थानीय तहको सहयोगमा सन्थाल जाति उत्थान सेवा समाजले जिल्लामानै पहिलोपटक सन्थाल जातिको नृत्यलाई प्रतियोगितात्मकको रुप दिएको हो। अन्नपुर्ण पाेष्टमा खबर छापिएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्