इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढेको अतिक्रमण रोक्न कार्ययोजना

इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढेको अतिक्रमण रोक्न कार्ययोजना

पशुपतिनगर मङ्सिर ९। पूर्वी इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको पाँच वर्षे कार्यायोजना निर्माण गरिएको छ ।

वार्षिक रु तीन लाख बढी भक्तजन र पर्यटकले भ्रमण गर्दै आएको पाथीभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास कार्यक्रम स्वीकृत गरी उक्त कार्यायोजना निर्माण गरिएको हो । उक्त क्षेत्रभित्र अतिक्रमण भई अव्यवस्थित बस्ती विकास भएपछि त्यसलाई व्यवस्थित गर्न रु ३३ करोडको कार्यायोजना कार्यान्वयनमा ल्याइएको रोङ गाउँपालिकाका प्रमुख समसेर राईले बताए ।

भक्तजन र पर्यटकको आवागमन बढ्दै जाँदा पाथीभरा क्षेत्रको जङ्गल फडानी गरी होटल तथा लज खुल्ने क्रम बढेपछि व्यवस्थित विकास गरी अतिक्रमण रोक्न कार्ययोजना निर्माण गरिएको बताइएको छ । उक्त कार्यायोजनाअन्तर्गत मन्दिरको पुनःसंरचना गर्ने, पार्किङस्थल निर्माण गर्ने, अव्यवस्थित बसोवास हटाएर व्यवस्थित गर्ने, सडक निर्माण तथा खानेपानीको व्यवस्थित गर्ने गरी गुरुयोजना तयार गरिएको छ ।

उक्त क्षेत्रको गुरुयोजनाअन्तर्गत चालु आर्थिक वर्षदेखि नै काम शुरु गरिने गाउँपालिका प्रमुख राईले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्