राजविराजमा बस दुर्घटनाका मृतकको सामूहिक दाहसंस्कार

<span class='c1'>राजविराजमा बस दुर्घटनाका</span> <span class='c2'>मृतकको सामूहिक दाहसंस्कार</span>

राजविराज, रासस ।

तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन्द्र साहले बताए ।

को१ख २७९९ नं को बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया सकिलदेवी साह, ५५ वर्षीय दिनेश रजक, ५० वर्षीया बौकीदेवी रजक र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको थियो ।

सुनसरीको वराह क्षेत्रको दर्शन पछि यात्रु लिएर आएको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वास्थित पोखरीमा शुक्रबार राति अनियन्त्रित भई खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्