चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

विराटनगर, ९ मंसिर । भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो भएको छ । नेपालले १६ वटा रजत पदक जितेको छ । प्रतियोगित पहिलो भने भारत भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्यो । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प्रतियोगितामा म्यानमारले एक, बंगलदादेशले २ स्वर्ण पदक जितेको नेपालका टिम म्यानेजर रितेश श्रेष्ठले बताए । नेपालका तर्फबाट कृष्णकुमार श्रेष्ठले स्वार्ण जिते । यसैगरि गणेश श्रेष्ठ, पूर्णबहादुर राई, बिनय रसाइली, मुकेश मल्लिकले नेपालका लागि एक एक स्वाण हात पारे । नेपालकी दिलकुमारी श्रेष्ठले भने २ वटा स्वार्ण जितिन् । उनले दुवै स्टाइलमा स्वर्ण जितेको प्रमुख प्रशिक्षक छत्रबहादुर अधिकारीले जानकारी दिए । प्रतियोगितामा नेपालका कृष्णकुमार तामाङ वेष्ट फाइटर घोषित भए । प्रतियोगिता मंसिर ६ गतेबाट शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्