उदयपुरमा आज मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

उदयपुरमा आज मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

बेलका मङ्सिर ९ — उदयपुरको बेलका नगरपालिका ९ मा आईतबार विहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बेलका नपाकै सेतीखोलाबाट रामपुर बजार आउने क्रममा दुर्घटना हुदाँ सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष ४५ को शैलेश माझीको मृत्यु भएको हो ।

नदाहा, चतरा, कोशीपुल रुपनगर सडक खण्डको खारखोलमा मोटरसाईकल अनियन्त्रित भई हुँदा माझीको टाउकोमा गहिरो चोट लागेकोमा उपचारको क्रममा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ईलाका प्रहरी  कार्यालय रापपुर ठोक्सिलाले जनाएको छ ।

माझीसगै सवार बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष १७ का जितेन राई गम्भिर घाईते भएका छन । घाईते राईको विपीमै उपचार भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नविन सिंहले बताए । दुर्घटनामा परेको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्