अाठ महिना पछि विराट गोल्डकपको खर्च सार्बजनिक, यस बर्षको प्रतियोगिता अन्याेलमा

अाठ महिना पछि विराट गोल्डकपको खर्च सार्बजनिक, यस बर्षको प्रतियोगिता अन्याेलमा

प्रेम देवान ।
विराटनगर, ९ मंसिर । विराटनगरमा पहिलो पटक आयोजना गरिएको डे नाईट फुटवल प्रतियोगिताको खर्च आठ महिनासार्बजनिक भएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक नविन रिजालले बिराट गोल्डकप २०७५को आय ब्यय सार्बजनिक गरेका हुन ।
मोफसलमै पहिलो पटक दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगता आयोजना गरेको विराट गोल्ड कप आयोजक समितिले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयेजना गरी गत बर्ष भएको हिसाब सार्वजनिक गरेको हो ।
रिजालका अनुसार गत बर्षको विराट गोल्ड कपमा १ करोड ४३ लाख ३४ हजार ६ सय रुपैया आम्दानी गरेको छ । त्यसैगरी १ करोड ३१ लाख ५ हजार ४ सय २५ रुपैया खर्च भएको छ । विराट गोल्डकप फुटबल टुर्नामेन्टमा प्रायोजक तथा प्रबद्र्धकबाट मात्र ५१ लाख ४६ हजार ४ सय ६१ रुपैया आम्दानी गरेको थियो भने टिकटबाट ४४ लाख ५६ हजार १ सय ६१ रुपैया र आर्थिक सहयोगबाट ३ लाख ४८ हजार ३ सय ४४ रुपैया आम्दानी गरेको रिजालले बताए । विराट गोल्ड कप ट्रष्टमा अहिले ५ लाख ८८ हजार ५ सय ८१ रुपैयाँ बचत गरिएको आयोजक रिजालले जानकारी दिए ।
गोल्डकपमा सबैभन्दा बढी खर्च खेलाडी, रेफ्रि र पुरस्कारमा खर्च गरिएको जनाएको छ । खेलाडी तथा पुस्कारकोलागि मात्र ६० लाख ६५ हजार ८ सय ६६ रुपैया, विज्ञापनमा ११ लाख ६१ हजार २ सय २७ रुपैया र टावर तथा फ्लड लाईटको लागि ८ लाख ८४ हजार ६ सय ९० रुपैया, मञ्च व्यवस्थापन, उद्घाटन र समापनमा ९ लाख ४७ हजार ४ सय ४४ रुपैया खर्च गरिएको आयोजक समितिले जनाएको छ ।
पाँचौं संस्करणको प्रतियोगिता गत बर्ष चैत १७ देखि २६ गतेसम्म भएको थियो । गत वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गरेका थिए । गत बर्ष थ्री स्टारले उपाधी चुमेको थियो । यस पटकको गोल्ड कप चैत्र महिनाको दोस्रो साताबाट हुन सक्ने विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सान्तोष बानियाले जानकारी दिए ।
प्रतियोगिता ईतिहाँस
२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो । २०६८, २०६९, २०७१ र २०७२, २०७४ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता संचालन गरिदै आएको छ ।यस बर्षकाे प्रतियाेगिता चैत महिनाकाे अन्तिममा गर्ने अायाेजककाे तयारी छ ।  समय निर्धारण नै नगरी अायाेजकले विराटगाेल्डकप हुने या नहुने अन्याेल बनाएकाे छ । चैतकाे अन्तिममा गर्ने भनिएपिन मिति घाेषणा गरिएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्