लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु, प्रहरीले निकाल्याे चाैधै जिल्लामा र्‍याली

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु,  प्रहरीले निकाल्याे चाैधै जिल्लामा र्‍याली

विराटनगर,  ९ मंसिर। २६ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज १ नम्बर प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले सचेतनामूलक र्‍याली निकालेको छ । जिल्ला स्थित सरकारी तथा गैह्र-सरकारी कार्यालय तथा स्थानीयकाे सहभागीतामा, बिभिन्न स्कुलका शिक्षक, बिद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको हाे ।  महिला हिंसा तथा लैङगिक हिंसा, ''लैङिक हिंसा दुर्ब्यवहार छैन हामी लाई स्वीकार" र “लैङ्गिक हिंसा र बलात्कार छैन हामीलाई स्वीकार” लेखिएको प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख तथा उप-प्रमुखको आतिथ्यतामा सम्पन्न भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्