द भ्वाईसमा यति धेरै किन राेईन् एनी श्रेष्ठ ? उत्कृष्ठ १६ जना प्रतिस्पर्धी तयार

द भ्वाईसमा यति धेरै किन राेईन् एनी श्रेष्ठ ?  उत्कृष्ठ १६ जना प्रतिस्पर्धी तयार

काठमाडौं, ९ मङ्सिर। सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’मा उत्कृष्ठ १६ जना प्रतिस्पर्धी तयार भएका छन् । अघिल्लो हप्ताको प्रस्तुतीपछि दर्शकले पठाएको भोटका आधारमा कम भोट पाएपछि कोच दीप श्रेष्ठको टिमबाट एनी श्रेष्ठ र कोच अभयाको टिमबाट आशा कुवँर बाहिरिएपछि उत्कृष्ठ १६ जनाको टिम तयार भएको हो ।  अब उक्त १६ जनाले सेमीफाइनलका प्रतिस्पर्धा गर्नेछन् । जसअन्तरगत कोच प्रमोद र कोच सनुपको टिमबाट दुईदुई जनाले शनिबार आआफ्नो प्रस्तुती प्रस्तुत गरिसकेका छन् ।  लाइभ राउन्डमा प्रवेश गरेपछि प्रत्येक दिन प्रस्तुती दिएका आआफ्नो टिमका तीन जना प्रतिस्पर्धी मध्ये उत्कृष्ट एक जनालाई कोचले सेभ गर्थे भने बाँकी दुई जनालाई भोटिङका लागि दर्शकसामु छोडिदिन्थे ।

तर, उकृष्ठ १६ मा प्रवेश गरेसँगै अब कसलाई राख्ने र कसलाई प्रतिस्पर्धाबाट बाहिर पठाउने त्यो दर्शकको भोटले निर्धारण गर्नेछ ।  उकृष्ठ १६ प्रतियोगीहरुमा टिम दिपबाट राजु, सिडी बिजय, विवेक वाईवा र स्वेच्छा, टिम अभयाबाट विवेक, कुशल, श्रेया र अनु, टिम सनुपबाट सप्तक, शैलेश्वरी, सन्तोष र विद्या र टिम प्रमोदबाट सुरेखा, श्रृजय, आशिष र सुशिल पर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्