उद्योग दिवसको अवसरमा भाेजपुरका सात उद्योगीलाई सम्मान

उद्योग दिवसको अवसरमा  भाेजपुरका सात उद्योगीलाई सम्मान

 

भोजपुर ९ मङ्सिर । भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतवार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो । दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शाक्य, उर्मिला औजार उद्योगकी उर्मिला श्रेष्ठ, रञ्जिता खुकुरी उद्योगका गणेश विश्वकर्मा र भेजबहादुर खुकुरी उद्योगका भेजबहादुर विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ ।

दिवसको अवसरमा बोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख सचिव केदार न्यौपानेले आवश्यक पर्ने कच्चा पदार्थ र युवालाई सीप सिक्नका लागि तालीम आयोजना गर्नका लागि सहयोग गर्ने बताए ।कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जिल्लाका उद्योग र उद्योगीका समस्या पहिचान गरी प्रदेश सरकारले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने बताएका थिए । त्यस्तै उत्पादित वस्तु तथा सेवाको बजार र बजारीकरणमा समस्या भएकाले बजारको व्यवस्था गर्नुपर्ने सहभागीले बताएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्