तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

राई भन्छन्, “कतारको तातो घाम करीब छ वर्ष बिताएँ, तर खासै कमाउन सकिन, अहिले यही तरकारीखेतीमा लागेर वार्षिक सात लाख रुपैयाँ सम्म आम्दानी गरिहेको छु ।” राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उनले मौसमअनुसार काउली, बन्दा, गोलभेंडा, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेका छन् ।

बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उहाँको दुःखेसो छ । राईले भने, “बजारको राम्रो व्यावस्था नुहँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए म जस्ता कृषकलाई सहज हुने थियो ।” जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्तो खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरूको कथन छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्