झापामा यस्तो बिपत : घरसँगै अागाेले जलेर परिवारका ४ जनाकाे समेत मृत्यु

झापामा यस्तो बिपत : घरसँगै अागाेले जलेर परिवारका ४ जनाकाे समेत मृत्यु

झापा मङ्सिर १० । झापाको शिवसताक्षी नगरपालिका-७ लाल्झोडास्थित एक घर जलेर खरानी भएकाे छ । घरसँगै अागाेले जलेर परिवारमा रहेका ४ जनाकाे समेत मृत्यु भएकाे छ ।

आइतबार राति करिब ९ बजेतिर घरमा अचानक सल्किएकाे अागाेले उक्त दुर्घटना निम्तिएकाे  इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । परिवारका सबै सदस्य सुतिरहेकाे बेला अागलागी भएकाले जलेर सबैकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

 

प्रहरीका अनुसार स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवार घरसँगै जलेर खरानी भएकाे हाे । जलेर मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका नाबालक टीकाराम खनाल रहेका छन् ।

खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल समेत सख्त घाइते भएकाे जनाइएकाे छ । घाइते गीतालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो ।

विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्