लाइसेन्सको नयाँ आवेदन अनलाइनबाट भर्न सकिने भनिएपनि अझै सुचारु भएन

लाइसेन्सको नयाँ आवेदन अनलाइनबाट भर्न सकिने भनिएपनि अझै सुचारु भएन

काठमाडौँ मङ्सिर १० ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको हो ।

दशैँअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘आइतबार पनि काम हुन सकेन । एकैचोटि एक लाखसम्मको आवेदन भरेका छन् । ओभरफ्लो भएर दिनभरी काम भएन । क्षमता थप गर्ने काम भएको छ । यसको समाधान छिटै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्