काठमाडौँ, मङ्सिर १० गते । संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रीय महाधिवेशनको मिति सरेको छ । आगामी माघका लागि तय गरेको महाधिवेशन तयारी नपुगेको भन्दै आगामी २०७६ बैशाख २७ गतेका लागि सारिएको छ । यसअघि माघ २८मा महाधिवेशन गर्ने तय भएको थियो ।
[caption id="attachment_70265" align="alignnone" width="640"] ?????????????????????????????????????????????????????????[/caption]
पार्टीका महासचिव रामसहाय यादवका अनुसार नयाँ संरचना अनुसार प्रदेश, जिल्ला, गाउँ, नगर गठन गर्नुपर्ने भएकाले महाधिवेशनको मिति सारिएको हो । यसअघि फोरम नेपालले ११ प्रदेशको आधारमा पार्टीको संरचना बनाएको थियो । अहिले सात प्रदेश भएको र सोहीअनुसार संरचना बनाउनुपर्ने भएकाले बैशाखका लागि महाधिवेशन सारिएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल बनाएपछि नयाँ पार्टीको रुपमा यो पहिलो महाधिवेशन हो ।