बिराटनगर मङ्सिर १० , बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ ।
बिराटनगर बिमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने बजेटमा समेटिएको छ । बिराटनगर बिमानस्थलमा हाल सेवाग्राहीको लागि बिश्रामस्थल ,क्यान्टिन लगायतको नयाँ पूर्वाधार सहित बिमानस्थललाई रातको समयमा पनि सुन्दर देखाउन झिलिमिली बत्तिको समेत व्यवस्थापन गरिएको छ ।
हाल बिराटनगर विमानस्थल पुग्ने सडकको समेत मर्मतकार्य जारीरहेको छ ।
यस्तो देखिन्छ साँझमा बिराटनगर विमानस्थल :
तस्बिर : सुशील शाह / आवर बिराटनगर डट नेट