मोरङ र उदयपुरमा भएकाे छुट्टाछुट्टै सडक दुर्घटनामा ५ को मृत्यु, ३ घाइते

<span class='c1'>मोरङ र उदयपुरमा भएकाे छुट्टाछुट्टै सडक</span> <span class='c2'>दुर्घटनामा ५ को मृत्यु, ३ घाइते</span>

बिराटनगर, १० मंसिर ।
१ नम्बर प्रदेश अन्तर्गत मोरङ र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा को १ ख ४०१४ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको को २१ प ७९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही मोटरसाईकलले अगाडि जाँदै गरेको मे ६ प ४९७५ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा को २१ प ७९५ नम्बरको मोटरसाईकलका चालक उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष-२५ को सुदन मादेन र मोटरसाईकलको पछाडी सवार मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने बर्ष २८ की गोपी राई गम्भीर घाइते भई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा थप उपचारको लागि मादेनलाई नोवेल अस्पताल र राईलाई बिराट नर्सिङ होम बिराटनगर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्यसैगरी मे ६ प ४९७५ नम्बरको मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका-१ वस्ने वर्ष ४० को डिल्लीराम गौतमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ खारखोलामा मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । चतरा-गाईघाट सडक खण्डमा सेतीखोलाबाट रामपुर तर्फ आउँदै गरेको को. २२ प. ८२८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । दुर्घटनाम परि मोटरसाईकलमा सवार चालक सुनसरी बराह नगरपालिका-६ बस्ने बर्ष ४५ को शैलेस माझी र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष १७ को जितेन राई गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा माझीको मृत्यु भएको हो । राईको अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । साथै त्रियुगा नगरपालिका ७ जलजलेमा तत्काल नम्बर नखुलेको ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । जलजले-मुर्कुची सडक खण्डको कोन्टे भन्ने स्थानमा नम्बर नखुलेको ट्रिपरले स ५ प ३१२७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलको पछाडी सवार त्रियुगा नगरपालिका-७ कसारे बस्ने बर्ष १८ को सोनम राईको घटना स्थलमा नै मृत्यु भएको हो भने चालक सोही स्थान बस्ने बर्ष १८ का  भुपेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उता झापाको कमल गाउँलिका ५ मंगलबारेमा बलेरो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । गौरीगंज पाडाजुँगी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे.१ च.३१७९ नम्बरको बलेरो गाडीले पैदलयात्री गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने बर्ष ३५ को लुखीराम हेम्ब्रम (सतार) लाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि दमक स्थित लाईफ-लाईन अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्