विराटनगरमा पनि देखियो तराईमा मनाईने सामाचखेवाको रौनकता हेर्नुहोस फोटो फिचर सहित..

<span class='c1'>विराटनगरमा पनि देखियो तराईमा मनाईने सामाचखेवाको</span> <span class='c2'>रौनकता हेर्नुहोस फोटो फिचर सहित..</span>

प्रेम देवान
विराटनगर १० मसिर । संसारीमाई स्थानमा रहेको भानुकला केन्द्रका कलाकारहरु शनिबार राती ७ बजेको समयमा विराटनगर १२ बखरीमा पुगे । भानुकल ाकेन्द्रका करिब एक दर्जन बढी कलाकारहरु बखरीमा फरक – फरक पोसाकमा सजिएर पुगेका थिए ।
कोही सतार पहिरानमा थिए भने कोही थारु अनि मैथली । तराईको प्रसिद्ध लोकपर्वको रुपमा मानिदै आएको सामाचखेवाको अवसरमा विराटनगर १२ मा भएको सास्कृतिक कार्यक्रम कलाकार दर्शकले भरिभाउ थियो ।
बखरीका स्थानिय युवा जमातले आयोजना गरेको सामाचखेवा सास्कृतिक कार्यक्रममा विराटनगर १२ वडा अध्यक्ष सहित समाजसेवी अनि स्थानियवासीको बाक्लो उपस्थितीमा सामाचखेवाको सास्कृतिक कार्यक्रमको रौनकता फरक छाहिरको थियो ।
मंसिर महिनाको चिसो – चिसो सिरौटे मौसममा बाक्लो – बाक्लो कपडा लगाएर उपस्थित भएका दर्शक मैथली गीत अनि सामाचखेवा सम्बन्धीतको डिजे आवाजले मन तानिरहेको थियो । करिब ७ बजे पछि सुरुवात भएको सास्कृतिक कार्यक्रममा अतिथिहरुलाई स्टेजमा सम्मान गरियो । नेपाली राष्ट्रिय गानासँगै सुरुवात भएको कार्यक्रममा स्टार बोडिङ स्कुलका छात्राहरुले सामाचखेवाको गीतमा सामुहिक नृत्य गरे । त्यस लगत्यै भानुकला केन्द्रका कलाकलाहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । सामाचाखेवा सास्कृतिक कार्यक्रममा रेडियो नेपालका बरिष्ट गायक रामामण्डल, गायक नितिन गजुरेल ,भानुकलाकेन्द्रका गायक तथा प्रशिक्षक किरण परियार, रोजिना राईले गित गाएका थिए ।
तितो सत्यकी संगिताको मार्मिक नृत्य
कार्यक्रममा तितो सत्यकी कलाकार संगिता यादवले ‘पटुकीमा चौबन्धी बाध्या छैन भन्दैमा’ ‘पोखरीमा घाँस काट्न जान्या छैन भन्दैमा’ भन्ने बोलको गितमा अपाङ्ग तथा सुस्त मनस्थिती भएकी एक बालिकाले भोगेको व्यार्थलाई नृत्यमा उतारेकी थिईन् ।
एउटा बोल्न नसक्ने बालिकाको मार्मिक व्यार्थलाई नृत्यमा उतारेर धेरैको मन जितेकी थिईन् । उनले नाचिरहदाँ उपस्थित अतिथी तथा दर्शकहरुबाट तालि र हुटिङ्गको प्रसांसा पाईरहेकी थिइन् । त्यति मात्र हैन उनले नेपाली भाषालाई मधेशीशैलीमा आफ्नो बोलीलाई उतारेर क्यारीकेचर समेत गरेकी थिईन् । उनको नृत्य र क्यारीकेचर हेरेर अतिथी तथा दर्शकहरुले उच्च– प्रसंसा गर्दै नगद पैसा पुरस्कार दिएका थिए ।
रानी सिकियाई युवा एकताको पनि सामाचखेवा
तराईमा खासगरी थारू र मधेसी समुदायका महिला र किशोरीले सामाचखेवा लोकपर्व हर्षोलासका साथ मनाउने गरेको पाईन्छ । आ–आफ्ना दाजुभाइको सु–स्वास्थ्य, दीर्घायु एंव प्रगतिको कामना गर्दै मनाइने यो पर्वकोअवसरमा विराटनगरका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाईएको छ । यसैविच विराटनगर १२ मा रहेका सिकीयाई युवा एकता क्लवका युवाहरुले विविध कार्यक्रम गरी सामाचखेवा मनाएका छन् । रानी सिकीयाई विराटनगर १२ र १३ मा रहेको विहीबारे हटियामा सिकीयाई युवा एकता क्लवले आयोजना गरेको कार्यक्रममा विभिन्न कलाकारहरुले आ– प्रस्तुति दिएका थिए ।
भाइबहिनीबीचको अमर प्रेमको प्रतीक मानिने सामाचखेवा पर्वको जर्गेना र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लवका अध्यक्ष विकास महतोले जानकारी दिए ।
सामाचखेवा साँकृतिक कार्यक्रममा सांसद बसन्ती यादवले सामाजिक एवं सांस्कृति महत्व झल्किने सामाचखेवा पर्वको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको युवा पुस्ताले हराउदै गएको आफ्नो संस्कृतिलाई जर्गेुना गर्दै लैजानुपर्ने उद्घोष गर्नुभयो । कार्यक्रममा विराटनगर १२ का वडा अध्यक्ष हिरालाल कामत, समाजसेवी बाबुनन्दन यादव , डा. उद्धव पोखरेल, डा एस एन झा,आमोद कुमार झा, राजेस गुप्ता,राधा मण्डल लगायतको उपस्थित रहेको थियो ।
माटोले निर्मित आकर्षक एवं कलात्मक सामाचखेवाको मूर्ति राखी विभिन्न किसिमका सामाचखेवा लोकगीत गाएर टोलटोलबाट महिला र किशोरीहरूको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्