टेलिभिजनकाे जस्तै नक्कल गर्दा बालककाे गयाे ज्यान

<span class='c1'>टेलिभिजनकाे जस्तै नक्कल गर्दा</span> <span class='c2'>बालककाे गयाे ज्यान</span>

झापा,१० मङ्सिर ।  टेलिभिजनमा देखाइने ‘स्टन्ट’ तथा अभिनय हेरेर त्यसैको नक्कल गर्न खोज्दा झापामा ९ वर्षीय बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका–९ मा बस्दै आएका हरिप्रसाद मिश्र र देवी मिश्रका ३ कक्षामा अध्ययनरत सचिनले झुन्डिएर आत्महत्या गरेका हुन् । मिश्र परिवारमा ५ वटा छोराछोरीमध्ये सचिन कान्छा हुन् । परिवारका अनुसार पढाइमा अब्बल उनले टेलिभिजनमा देखाइने हरेक दृश्य नक्कल गर्थे ।

खासगरी चलचित्र तथा विज्ञापनमा देखाइने हरेक दृश्य र ‘स्टन्ट’नक्कल गर्थे । अहिले पनि टेलिभिजनमा देखाइए अनुसार सिलिङमा झुन्डिराखेको अवस्थामा सचिनको मृत्यु भएको हो । हजुरबुवा देवीभक्तका अनुसार उनी टेलिभिजनको दृश्य नक्कल गर्दै झुन्डिने प्रयास गरेका थिए ।

टिभी अगाडी आमा र दिदीका ७ वटा सल थुपारेको, दुवै हात, कम्मर र घाँटीमा ३ वटा सल बाँधेर अनौठो किसिमले झुण्डिएको अवस्थामा देखिएको मृतकका छिमेकी राम भारतीले बताए ।

‘सधैँ स्कुल जान्थ्यो गयो होला भनेर हामीले घरमा को छ  भनेर वास्ता गरेनौँ,’ देवीभक्तले भने । चिया फ्याक्ट्रीमा काम गरेर फर्कँदै गर्दा छोरो झुन्डिएको अवस्थामा देखेपछि आमा देवी बेहोस् बनेकी छन् । मृतकको शव प्रहरीले पोष्टमार्टम गर्दा पनि घाँटीमा सल कसिएर निस्सासिएर मृत्यु भएको देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्