झापामा भएकाे मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

झापामा भएकाे मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

झापा,  १० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका-४ हात्तीसुढे भन्ने स्थानमा सोमवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा कचनकबल गाउँपालिका-७ बस्ने वर्ष ६५ को देवी लिम्बु र पछाडि सवार झापा भद्रपुर नगरपालिका-१ बस्ने वर्ष ६५ को आइन्द्र लिम्बु घाइते भएका थिए । बिहान भएको दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार आईन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्