प्रदेश १ का २५ स्थानीय तहमा अझै बैङ्क पुगेन,वित्तीय संस्थाहरू खुल्ने क्रम जारी

प्रदेश  १ का २५ स्थानीय तहमा अझै बैङ्क पुगेन,वित्तीय संस्थाहरू खुल्ने क्रम जारी

विराटनगर, ११ मङ्सिर। प्रदेश नम्बर १ का २५ स्थानीय तहमा अझै वित्तीय संस्थाको पहुँच पुग्न सकेको छैन । प्रदेशका कुल १ सय ३७ स्थानीय तहमध्ये हालसम्म १ सय १२ स्थानीय तह मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको पहुँचमा रहेको नेपाल राष्ट्र बैङ्कको विराटनगर शाखाले जानकारी दिएको छ । कार्यालयका निर्देशक दीपेश आचार्यले बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ने क्रम जारी रहेको बताए ।

वित्तीय पूर्वाधारको कमीले सबै स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाहरू पुग्न नसकेको उनको भनाइ छ । उनले भने, ‘सरकारले या राष्ट्र बैङ्कले बिजुली, इन्टरनेटलगायतका पूर्वाधार तयार गरिदिए स्वतः बैङ्क तथा वित्तीय संस्थाहरू सबै स्थानीय तहमा पुग्नेछन् ।’ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले राष्ट्र बैङ्क र सम्बन्धित वाणिज्य बैङ्कसँग वित्तीय संस्था विस्तारका लागि छलफल गरिरहेको बताए । कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १४ जिल्लामा आर्थिक वर्ष २०७४/७५ सम्ममा ४ सय ८६ वाणिज्य बैङ्क, १ सय ३५ विकास बैङ्क र ३८ फाइनान्स कम्पनीका शाखा छन् । प्रदेशको मोरङ जिल्लामा सबैभन्दा धेरै १ सय ६२ वित्तीय संस्थाले सेवा दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्