सुनसरीको इनरुवामा एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

सुनसरीको इनरुवामा एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं मङ्सिर ११ । एमएम (मनमोहन) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवा नगरपालिकामा पुस तेस्रो साताबाट सुुरु हुने भएको छ । शान्ति दीप नेपाल तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २१ गते देखि सुुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

७५ लाख रुपैयाँको अनुमानित बजेट रहेको प्रतियोगितामा तीन विभागीय टिम, सात प्रदेश, एक स्थानीय र एक पाहुना टिमको सहभागिता रहनेछ । प्रतियोगिता इनरुवा रंगशालामा हुनेछ । यहिवर्ष नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको अवस्थामा नेपाली क्रिकेटलाई थप उचाई प्रदान गर्न सहयोग पुुग्ने गरी प्रतियोगिता गर्न लागेको आयोजकले बताएको छ । इनरुवाको नयाँ पहिचानका रुपमा प्रतियोगिता सम्पन्न हुने संयोजक विप्लव घोसले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुुद परिषद्का सदस्यसचिव केसवकुमार विष्टले पछिल्ःलो समय नेपालमा क्रिकेट लोकप्रिय हुँदै गएको बताउँदै त्यसको विकासका लागि राखेपले आर्थिक सहयोग गर्ने बताए । उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको तटस्थ भूमिका रुपमा स्थापित गर्न सकिने गरी नयाँ आर्थिक वर्षदेखि प्रर्याप्त मात्रामा लगानी गर्न सरकार योजना सहित अगाडि बढिरहेको बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले स्थानीय क्लबले ५० ओभरको खेल खेलाउनु ठूलो कुरो भएकोले प्रतियोगितालाई आफूले प्राविधिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रतियोगिताको विजेताले उपाधिसंगै ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने बाँकी दुई टोलीले २५–२५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार १ सय नगद पुरस्कार पाउने छन् । त्यस्तै, अनुशासित टिमले १५ हजार र  उदीयमान टिमले १० हजार रुपैयाँ पाउने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्