सिके राउतका तीन जना समर्थक सिरहामा समातिए

सिके राउतका तीन जना समर्थक सिरहामा समातिए

लहान मङ्सिर ११ , स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रामपुकार यादव र मनिष यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

पक्राउ परेका तीनैलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्