सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरुवात – प्रधानमन्त्री ओली

सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरुवात – प्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक सुरक्षा दिवसलाई नयाँ युगको सुरुवातको सङ्ज्ञा दिनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

आजको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । त्यसैगरी, आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले सन्देशमा स्मरण गर्नुभएको छ ।

“श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दैछौँ” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
उहाँले सबै देशवासीहरूलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्