सिरहामा २३ प्रतिशत विद्युत् चुहावटमा कमी

<span class='c1'>सिरहामा २३ प्रतिशत</span> <span class='c2'>विद्युत् चुहावटमा कमी</span>

लहान मङ्सिर ११ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो ।

विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिनुभयो । विसं २०७५ साउनदेखि कात्तिकसम्ममा विद्युत्को महसुल नबुझाउने १७३ ग्राहकको विद्युत् लाइन काटिएको दुबेले बताउनुभयो ।

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । विद्युत् लाइन काटिएका १७३ ग्राहकमध्ये १४६ ग्राहकबाट रु ३० लाख ६८ हजार बक्यौता रकम असुल गरिएको छ ।

केन्द्रले साउनदेखि कात्तिकसम्म हुकिङ गरी विद्युत् चुहावट गर्ने १५४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु २६ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो क्रममा ७१ थान पानी तान्ने मोटर, चार थान टिभी, दुई थान फ्रिज र नौ थान एलसीडिसमेत बरामद गरिएको यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्