भाइको विवाहमा पुगेकी श्रीमतीलाई आग्लो प्रहार गरी हत्या

<span class='c1'>भाइको विवाहमा पुगेकी श्रीमतीलाई</span> <span class='c2'>आग्लो प्रहार गरी हत्या</span>

दोलखा मङ्सिर ११ । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । हत्या गरेलगत्तै तामाङ फरार छन् ।

उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्