संखुवासभा, मङ्सिर ११ ।
संखुवासभामा आफ्नै काकाद्वारा ४ वर्षकी भतिजी बलात्कृत भएकी छिन् । पाँचखपन नगरपालिकामा आइतबार बिहान आफ्नै ४ वर्षकी नाबालिका भतिजीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले पाँचखपन नगरपालिका–१, मा २२ वर्षीया काका लाई पक्राउ गरेको संखुवासभाका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए ।
उनका अनुसार अभियुक्तलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालत चैनपुरबाट जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको छ ।