रंगेलीको इस्लामिया आधारभुत विद्यालय नवनिर्मित भबनको उद्घाटन

रंगेलीको इस्लामिया आधारभुत विद्यालय नवनिर्मित भबनको उद्घाटन

रबिन्द्र बराल

रंगेली, ११ मंसिर ।

मोरङको रंगेली नगरपालिका ७ मा रहेका इस्लामिया आधारभुत बिधालयको नव निर्मित भवनको उद्घाटन गरिएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना  गरि नवनिर्मित दुई कोठाको भबनको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिमिरेले शिक्षा क्षेत्रको काम सामाजिक विकास मन्त्रालयले गर्ने भएकोले बिद्यालयले दिने परिणामको आधारमा सहयोग गरिने बताए । अब बिद्यालयहरुले शिक्षा क्षेत्र अब्बल बनाउनको लागि लाग्नु पर्ने भन्दै धार्मिक बिद्यालयहरुको नतिजा पनि राम्रो भएकोले मन्त्रालयको तर्फबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताए । वि.स.२०१९ सालमा स्थापना भएको बिद्यालय भौतिक रुपमा जिर्ण भएको कारण १६ लाखको लागतमा दुई कोठे पक्कि भवन निर्माण भएको हो । शिक्षा विकास तथा समन्वय ईकाई मोरङको आर्थिक सहयोगमा बिद्यालय निर्माण भएको हो ।

२ लाख ५ हजार रुपैयाँ चन्दा सङकलन गरेर उक्त भवन निर्माण सम्पन्न गरिएएको इस्लामिया आधारभुत बिधालयका अध्यक्ष मोहम्मद अजिम आलमले बताए । यस बिद्यालयमा रंगेली आसपासका मुस्लिम समुदायका १सय ३० जना बालबालिका अध्यनरत छन्। नेपाल सरकारले प्रत्येक बर्ष विद्यालय पाठ्य पुस्तकका ठुलो रकम उपलब्ध गराएको भएपनि उक्त रकम बिद्यालयका लागि अपुग भएको उनले बताए । धार्मिक पुस्तककालागि बार्षिक ४० हजार देखि ५० हजार रुपैयाँसम्म थप रकम चन्दा सङ्कल गरि किन्नुपर्ने बाध्यता रहेको आलमले बताए । सरकारले दिने सेवा र सुबिधाबाट मुस्लिम समुदायको बिधालयलाई विभेद गरेको उनले आरोप लगाए ।

कार्यक्रममा नेकपाका ऋषिकेश पोख्रेल, नेपाली काङ्ग्रेसका सचिव मोदराज घिमिरे, नगरपालिका मेयर दिलिप बगडिया, वडा अध्यक्ष रामचन्द्र मण्डल, स्थानीय सुरेश मिश्र, मनोज अग्रवाल, सन्तोष साह, जगन्नाथ मण्डल ,मुस्लिम समाजका अध्यक्ष साहेव आलम , इनआमुल, लगायतको उपस्थिती थियो । उक्त कार्यक्रम बिद्यालयमा योगदान गर्ने मुस्लिम समुदायका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्